२१ जेष्ठ २०८०, आईतवार

जनसम्पर्क समिति साउदीद्धारा बाढी पीडितलाई सहयोग ( भिडियो सहित)

२०७४,भाद्र,२१,बुधबार ११:५४

0
Shares

सप्तरी, २१ भदौ ।नेपाली जनसम्पर्क समिति साउदी अरबले तराईका बाढी पीडित जनतालाई राहत वितरण गरेको छ । साउदी अरबमा बसोबास गर्ने नेपाली कांग्रेससँग आस्थावानहरुले तराईका बाढी पीडितको निम्ति संकलन गरेको रकम मंगलबार सप्तरी जिल्लाको अत्ति नै दुर्गम गोबरगाडामा गई वितरण गरिएको हो ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलसहित, नेपाली जनसम्पर्क समिति साउदी अरबका संरक्षक पुरुषोत्तम खनाल र वरिष्ठ उपसभापति अर्जुन थापासहितको टोली दुईघण्टाभन्दा बढी डुङ्गाको यात्रागर्दै गोबरगाढा पुगेको थियो । अत्यन्तै कष्टकर दैनिकी गुजारा गरिरेका गोबरगाडाका जनताले राहत टोली पुग्दा स्वागत गरेका थिए । गिरिजाप्रसाद कोइरालापछि आफ्नो गाँउमा कोही नआएको र अहिले पौडेल सहितको जनसम्पर्क समिति साउदी अरबको टोली पुगेको भन्दै स्थानीयले धन्यवाद दिए ।भिडियो

 नेपालको श्रीलंकाको रुपमा चिनिने गोबरगाडाका जनताको दैनिकी पशुपालनभन्दा अन्य विकल्प छैन । स्थानीयको नाममा अहिलेसम्म जमिनको लागपुर्जा नभएको भन्दै बैकल्पिक व्यपस्थाको लागी पहल गरिदिन पीडित जनताले आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत

काठमाडौं । ब्लड डोनर्स एशोसिएसन नेपाल ९ब्लोदान० ले विश्व रक्तदाता दिवस २०८० ९२०२३० का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१