२०७२ सालको विनाशकारी भुकम्प पश्चात पीडित बस्तिमा पुगि उद्दार र राहतमा पहिलो कदम चाल्ने व्यक्ति थिए प्रदिप पौडेल । नेपाली विद्यार्थी आन्दोलनको अग्रभागमा रहदै नेपाली कांग्रेसको केन्द्रिय सरदस्य रहेका पौडेलले भुकम्पपछि राहत र पुननिर्माणलाई यतिधेरै तदारुकता दिए कि विभिन्न स्थानमा ७ सय बढी घरटहरा भुकम्प पीडितको लागी निर्माण गरिदिएका थिए । नागरिकलाई परेको विपत्तिमा सधै हातेमालो गर्दै साधानको लागी पहलकदमी लिने पौडेल तराईको विभिन्न भागमा बाढीले जनधनको क्षती गरिरहदा किन मौन बसे भन्ने धेरैमा चासो हुनु स्वभाविक थियो । तराईमा बाढीले ग्रस्त पारिरहदा उनको परिवारमा छोरीको जन्म भएकोले जीवनसंगिनीको स्याहारसुसारमा पौडेलले केहीदिन कतै निस्कन पाएनन् । पाटीको कामको व्यस्तता साथै एक महिनापनि नपुगेकी सुत्केरी जीवनसंगिनीको हेरचाहलाई व्यवस्थापन गर्दै यतिबेला प्रदिप पौडेल तराई झरेका छन् ।
हेर्नुस भिडियो अहिले सम्म राज्य नपुुगेको गाउँमा पुुगेर प्रदिप पौडेलले के भने
नेपाली जनसम्पर्क समिति साउदी अरबका संरक्षक पुरुषोत्तम खनाल र वरिष्ठ उपसभापति अर्जुन थापाको साथमा सप्तरी पुगेका पौडेलले निकै प्रशंसनिक कामको थालनी गरेका छन् । सप्तरी जिल्लाको गोबरगाडा भन्ने गाँउमा दुईघण्टाभन्दा वढी मोटर डुङ्गा यात्रामार्फत पुगि त्यहाका बाढी पीडित जनतालाई राहत वितरण गरेका छन् । नेपाली कांग्रेसको भातृ सस्था नेपाली जनसम्पर्क समिति साउदी अरबले उपलब्ध गराएको एक थान ब्ल्याङ्केट, तन्दा र झुलसहित पुगेको पौडेल टोलीले तिनसयभन्दा बढी बाढी पिडितलाई वितरण गरेको छ ।
अत्यन्त विकट भएकाले गोबरगाडामा अहिले सम्म राहत लिएर कोही पनि पुग्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । गोबरगाडामा गिरिजाप्रसाद कोइरालापछि केन्द्रिय स्तरको नेता प्रदिप पौडेलमात्र पुगेको भन्दै त्यहाका स्थानीयले धन्यवाद दिएका थिए । चारैतिर कोशीले घेरेको गोबरगाडालाई नेपालको श्रीलंका पनि भनिन्छ । सरकारी राहत विना अझै पनि २४ घण्टा बाढीकै त्रासमा रहेका गोबरगाडाबासीहरुले आफूहरुको समस्या राज्यलाई सुनाइदिन नेता पौडेल समक्ष आग्रह गरेका थिए । ज्यान नै जोखिममा राखेर आफूहरुलाई राहत वितरण गर्न आएकोमा उनीहरुले पौडेललाई धन्यवाद दिए । राहत तत्कालिन समस्याको समाधान भए पनि दिर्घकालिन समाधान भने नहुने पौडेलको तर्क छ । लोकपथ डटकम संग कुरा गर्दै नेता पौडेलले बाढी पीडितलाई सहयोगको शुरुवात ढिलै भएपनि अब यो अभियानका रुपमा अगाडी बढ्ने बताए । उनले थपे “ अब जनसम्पर्क समिति साउदीजस्तै अन्य सहयोगी हातहरुलाई साथमा लिएर हामी पुस माघसम्मपनि तराईका बाढीपिडित नागरिकहरुका लागि (जनतालाई न्यानो) अभियान निरन्तर रुपमा चलाउछौ ।” हेर्नुस तस्विरमा गोबरगाडाका नागरिक संग नेता पौडेल