पेस्तोलसहित तीन युवा पक्राउ

तनहुँ, १८ मंसिर- तनहुँको आँबुखैरेनी बजारबाट ४५ थान गोली र चार वटा पेस्तोलसहित आज तीन युवा पक्राउ परेका छन् पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?