गुल्मी, मंसिर १८ – एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टले डेढ महिनाको अवधिमा २ सय ५० कार्यक्रम गरेका छन् । घरदैलो र टोल सभाहरु गर्दै हिँडेका विष्टले एउटा वडामा ४ देखि ८ वटा सम्म गरि २ सय ५० सभाहरु गरेका हुन् आफ्नो क्षेत्रमा प्रचारप्रसारका लागि साना साना चुनावी सभा र घरदैलोलाई महत्व दिएका विष्ट सबै टोलमा पुगिसकेका छन् । प्रचार प्रसारको अन्तिम दिन आज ४ वटा चुनावी सभामा सहभागी हुँदैछन् । देशकै ठुलो अन्तरमा चुनाव जित्ने दावी सहित मत मागेका उनले यो अवधिमा हजारौंलाई पार्टी प्रवेश गराएका छन् । स्थानीय चुनाव देखि अहिलेसम्म विष्टको क्षेत्रमा ४००० बढी अन्य पार्टीबाट प्रवेश गरेको ले बताए प्रचार प्रसारको क्रममा उनले प्रदेश सभातर्फ वाम गठबन्धनका उम्मेदवारद्वय खड्ग केसी र दिनेश पन्थीसँगै गाउँ गाउँ पुगेका उनले आर्थिक सम्वृद्धि र विकासका एजेण्डालाई नै मुख्य रुपमा उठान गरे वाम गठबन्धनको आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै स्थानीय क्षेत्रमा अहिले सम्म गरिएका विकासका काम र आगामि योजना सुनाउँदै विष्टले मतदाता रिझाउने प्रयास गरे प्रतिश्पर्धी उम्मेदवार या दलको नाम नै नलिइ शालिन ढंगको उनको प्रचार शैली लोकप्रिय बन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया