काठमाडौँ, १८ मङ्सिर – २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ । प्रयोगमा ल्याइएका तुल ब्यानर, पोस्टर र श्रव्य–दृश्यलगायतका कुनै पनि प्रचारप्रसार सामग्रीमा भण्डारी देखिँदैनन्, कान्तिपुरमा खबर छ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रयोगमा ल्याएका पोस्टरलगायतका निर्वाचन सामग्रीमा पनि अध्यक्ष ओली र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको देखिन्छ । जबकि ०४८ यताका प्रत्येक चुनावमा त्यो ठाउँ पूर्वमहासचिव मदन भण्डारीले लिँदै आएका थिए यस अवधिमा एमाले दुई वटा संविधानसभा निर्वाचन, तीनवटा संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनमा भाग लिइसकेको छ । यी सबै चुनावका प्रचार सामग्रीमा भण्डारीलाई प्रमुखताका साथ स्थान दिइँदै आएको थियो । केही महिनाअघिको स्थानीय तहको चुनावमा समेत भण्डारीका तस्बिर र विचार प्रयोग गरिएका थिए । तर, यसपटक न त भण्डारी देखिन्छन् न त उनका विचारहरू नै । छापा सामग्री, अडियोदेखि भिडियो सबैतिर अध्यक्ष ओली नै छाएका देखिन्छन् किन चटक्कै बिर्सियो त एमालेले पूर्वमहासचिव भण्डारीलाई ? ‘जुन जतिबेला प्रभावकारी हुन्छ, त्यही प्रयोग गर्ने हो । त्यसैले यसपटकको चुनावमा अध्यक्ष र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको छ,’ एमाले निर्वाचन परिचालन समितिका प्रवक्ता तथा पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘उम्मेदवारहरूलाई चिनाउनुपर्ने भएकाले यस्तो भएको हो, जुन आकर्षक बन्छ, त्यही प्रयोग हुन्छ । अन्य कुनै विशेष कारण छैन ।’ त्यसैगरी वाम गठबन्धनका रूपमा चुनावमा गएका कारण पनि पार्टी अध्यक्ष र उम्मेदवार केन्द्रित प्रचार सामग्री प्रयोग गरिएको रिमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया