फरक शैलीमा चलचित्र ‘लभ डायरिज’ निर्माण गर्ने घोषणा

काठमाडौं, १७ मंसिर । नेपाली चलचित्र ‘लभ डायरिज’ युट्युब मार्फत सार्वजनिक गरेको छ चलचित्र ‘लभ डायरिज’ मा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालको मुख्य भूमिका रहेको छ । यस चलचित्र निर्माण यूनिटले फरक शैलीमा युट्युब मार्फत भिडियो सार्वजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरेको हो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । संजय लामोले छायाँकनका साथै अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहनेछ चलचित्र ‘लभ डायरिज’ चुनाव सकिए लगत्तै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ https://youtu.be/AdMckVVD6vI 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?