२१ जेष्ठ २०८०, आईतवार

कृषि तथा वन विज्ञानको अध्ययन प्राथमिकतामा– प्रधानमन्त्री देउवा

२०७४,भाद्र,२१,बुधबार ०८:५८

0
Shares

भीष्मराज ओझा / काठमाडौँ, २१ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताएका छन ।आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विकास र विस्तारका लागि आंगिक कलेज र कृषि विज्ञान केन्द्र स्थापना तथा सञ्चालन गर्ने कार्य महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री देउवाले यसका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण, जनशक्तिको समायोजन र शैक्षिक कार्यक्रमको व्यवस्थापनमा देखा परेका समस्या समाधानका लागि मन्त्रिपरिषद्बाट यसअघि भएको निर्णय शीघ्र कार्यान्वयन गर्न निर्देशन दिए ।कृषिको आधुनिकिकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि, वन, पशु, विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धीत विषयको एकीकृत रुपले अध्ययन, अध्यापन, अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना विसं २०६७ असार ३ गते भएको हो ।विश्वविद्यालयमा कृषि, पशु र वन गरी तीन संकाय रहेका छन् । सबै संकायमा गरी कूल एक हजार ८८३ विद्यार्थीहरु अध्ययनरत छन । जसमध्ये स्नातक तहमा एक हजार ४७१, स्नातकोत्तर तहमा ३६७ र विद्यावारिधि तहमा ४५ जना विद्यार्थी छन् । 

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार ०८:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१