३१ भाद्र २०७८, बिहीवार

महिला बिरामीको चाप बढेपछि निःशुल्क शिविर एक महिनासम्म

२०७४,भाद्र,२१,बुधबार ०७:०९


भक्तपुर, २१ भदौ ।स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीको चाप बढेपछि भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले सञ्चालन गर्दै आएको स्त्रीरोग सम्बन्धी वृहत निःशुल्क स्वास्थ्य शिविरको समय थप एक महिनासम्म बढाइएको छ ।अस्पतालले गतसाउन १५ देखि भदौं १५ गतेसम्मका लागि सञ्चालन गर्ने भनिएको उक्त शिविर आगामी असोज ३१ गतेसम्मका लागि थप गरिएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले आज जानकारी दिए ।अस्पतालले शिविरका लागि दुईजना स्त्रीरोग विशेषज्ञसहितको टोली खटाएर दैनिक ६० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गरिहेको उनले जानकारी दिए । एक महिनाको अवधिमा एक हजार भन्दा बढीले शिविरबाट स्वास्थ्य लाभ गरेकामा सात जनाको शल्यक्रिया गरिएको जानकारी दिंदै मारिखुले शिविरमा आएका बिरामीको शल्यक्रिया गर्दा भने लाग्ने शुल्कमा ६० प्रतिशत छुट गरिएको बताए ।शिविरमा ल्याब सेवामा पनि छुट दिइएको छ । त्यसैगरी अस्पतालले शिविरमा पित्तथैली सम्बन्धी स्वास्थ्य सेवा र परामर्श पनि दिइएको छ । थपिएको अवधिमा करिब आठ सयदेखि एक हजारलाई सेवा दिने अस्पतालको लक्ष्य छ ।शिविरमा आमाको कोखमा बच्चा नबस्ने, तल्लो पेट दुखिरहने, महिनावारी गडबडी समस्यालगायतको जाँच, भिडियो एक्सरे सेवा, भिडियो दुर्बिनबाट पाठेघरको शल्यक्रिया, ओभरियन प्रविधिको प्रयोग गरिएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार ०७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखी विश्वभर कोरोनाविरुद्धको खोपको रफ्तार बढाइएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार खोप लगाएका

नाम सुन्दै नौलो । ललितपुरको गोदावरी नगरपालिका-११ मा अवस्थित यो सानो नमूना गाउँ अर्थात् प्याङगाउँ । ललितपुरको लगनखेलस्थित बसपार्कबाट करिब

कहिलेकाहीँ जे खानेकुरा खाए पनि नमीठो लाग्ने गर्छ । यस्तै गरेर कहिलेकाहीँ जे खानेकुरा खाए पनि त्यसको स्वाद नै थाहा

अहिले नेपालीको भान्छामा खाना पकाउन आल्मुनियमका भाँडाकुँडाहरू अत्यधिक प्रयोगमा आइरहेको छ । पहिला खासै चलनचल्तीमा नरहेको आल्मुनियमका भाँडाकुँडाहरूको प्रयोगमा वृद्धि

ताजा समाचार