२१ मङ्सिर २०८०, बिहीवार

६ दिने औपचारिक भ्रमणका लागि उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

२०७४,भाद्र,२१,बुधबार ०६:५७

0
Shares

काठमाडौँ, २१ भदौ ।उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन ।उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालका लागि चीनका राजदूत यु होङले बिदाइ गरे ।प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख गणेश ढकाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत छन । प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुबै देशका परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री महराले चिनियाँ विदेशमन्त्री नेतृत्वको टोलीसँग भेटवार्ता गर्नाका साथै वरिष्ठ चिनियाँ नेतासँग भेटघाट गर्ने र बेइजिङस्थित चीनको विदेश मामिलासम्बन्धी विश्वविद्यालयमा आयोजना हुने छलफल कार्यक्रममा सहभागी हुनेछन ।महराले हालै ग्वाङझाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको यही भदौ २५ गते उद्घाटन र त्यहाँ उद्योगी व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै ग्वाङझाओका प्रान्तीय नेतासँग पनि महराले भेटवार्ता गर्नेछन । उपप्रधानमन्त्री महरा भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२१,बुधबार ०६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६