लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराउन नेता सिंहको आह्वान

ललितपुर, १६ मंसिर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराउन आह्वान गर्नुभएको छ काँग्रेस क्षेत्र नं १ द्वारा आज यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनका लागि लोकतान्त्रिक गठबन्धनको विजय अनिवार्य रहेको बताउनुभयो काँग्रेसकै नेतृत्वमा शान्ति र समृद्धिको अभियानलाई सफल बनाउन पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन जरुरी भएको उहाँले बताउनुभयो । “हामी नारा अनुरुप काम पनि गर्छौ”ं –उहाँले भन्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले लोकतान्त्रिक गठबन्धनको सरकारले मात्र देशलाई समृद्धितर्फ लैजान सक्ने धारणा राख्नुभयो काँगे्रस केन्द्रीय सदस्य धनराज गुरुङले वृद्धभत्ताको नाममा राजनीति नगर्न दलहरुलाई सुझाव दिँदै भन्नुभयो – “वृद्ध भत्ता राज्यले बाँडेको हो कुनै पार्टीले होइन ।”लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं अर्थराज्यमन्त्री उदयशम्शेर राणाले चुनावपछि देशले विकास र समृद्धि पाउने बताउनुभयो क्षेत्र नं १ को प्रदेश (क) का उम्मेदवार ऋषिराम घिमिरेले काँग्रेसको विजय हुनु भनेको देश विकासको मार्ग प्रशस्त हुनु हो भन्नुभयो भने प्रदेश (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनको विजयी आवश्यक रहेको बताउनुभयो गोदावरी नगर प्रमुख एवं काँग्रेस क्षेत्र नं ३ का सभापति गजेन्द्र महर्जनले देशको विकास, संविधान कार्यान्वयन, जनताको हक अधिकारलाई सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धन जित्न आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?