काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा

धुलिखेल, १६ मंसिर । काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए “अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृतसहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भने,“जिल्लाको सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहरीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” उनले भने – “निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आवश्यक विभिन्न स्थानमा सुरक्षा टोलीलाई तैनाथ गरिसकेको अवस्था छ, ।” त्योसँगै मतपत्रसहित मतपेटिका र मतदान केन्द्रमा खटिने टोलीलाई लिएर छिट्टै खटिने प्रमुख थापाले बताए चुनावलाई लक्षित गरेर नेकपा (विप्लव) का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उनले चारैवटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको छ बताए जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुनसक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताए प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको कामदेखि आवश्यक्ताअनुसार खान तलासीसमेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसीपारिलगायतका स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प नै स्थापना गरी सुरक्षा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?