उदयपुरका सिडियो श्रेष्ठ गृहमा, कँडेल जिम्मेवारी दिएर पठाइयो

काठमाडौं, १६ मंसिर । उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ गृहमन्त्रालयमा तानिएका छन् जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै उनलाई सरकारले गृहमा बोलाएको हो । उनको स्थानमा प्रदीपराज कँडेललाई पठाइएको छ मंसिर १३ गते उदयपुरगढी नगरपालिका ६ दनुवारबेसीमा बम विष्फोट हुँदा काँग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते भएका थिए सो घटनामा घाइते भएकाहरुको काठमाडौंमा उपचार भइरहेको छ । गृहमा तानिएका श्रेष्ठ पाँच महिनाअघि मात्रै प्रमुख जिल्ला अधिकारी भएर उदयपुर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?