सिरहा, १५ मंसिर । सिरहा क्षेत्र नं. २ का उम्मेदवार सुरेशचन्द्र दास यादवको औरहीस्थित घरको तरकारीबारमिा बम विस्फोट भएको छ दोस्रो चरणको प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका यादवको घर नजिक बम विस्फोट भएको हो भारतसँग सीमाना जोडिएको औरही गाउपालिका–५ स्थित घरको पटाडिपट्टि रहेको तरकारीबारीको पर्खालमा बम विस्फोट भएको प्रहरीले बताएको छ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले दिएका जानकारी अनुसार, विस्फोटबाट पर्खालमा सामान्य क्षति भएकोे छ । विस्फोटस्थलमा प्रेसर कुकर बमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए । र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ त्यस्तै, औरही गाउपालिकाका अध्यक्ष समेत रहेका सुरेशका भतिज सिद्धार्थ यादवले बताए अनुसार, विस्फोटको समयमा उम्मेदवार यादव घरमा थिएनन् । वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव कांग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती गोली प्रहार भएको छ चुनावी कार्यक्रम सकेर राति ९ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो इलाका प्रहरी कार्यालय लाहानले गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको बताएको छ । जिपमा गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी सकुशल घरसम्म पुर्याएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया