सरकारले प्रहरी प्रशासन ध्वस्त बनाउन खोज्यो : एमाले

काठमाडौँ, १५ मङ्सिर- सरकारले नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरेर प्रहरी प्रशासन अस्तव्यस्त बनाउन खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन परिचालन कमिटीको बिहीबार बसेको बैठकले प्रहरी प्रशासनलाई अनावश्यक रूपमा भत्काउन खोजेको आरोप लगाउँदै त्यस्तो काम तत्काल रोक्न माग पनि गरेको छ ‘नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रूपमा भत्काउन खोजिँदै छ । सरकारको यस्ता कामप्रति एमाले कडा शब्दमा विरोध गर्छ,’ बैठकपछि प्रवक्ता विष्णु रिमालले विज्ञप्तिमार्फत भनेका छन्, ‘आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुङ पार्ने कार्य तत्काल रोक्न माग गर्छ ।’एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारले राज्यकोषको दुरुपयोग गर्दै १६ करोड रुपैयाँ बाँडेको आरोप लगाएको खबर नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?