२१ जेष्ठ २०८०, आईतवार

आचारसंहिता ठीक समयमा लागू भएको छ : प्रमुख निर्वाचन आयुक्त यादव

२०७४,भाद्र,२०,मंगलवार १५:१८

0
Shares

काठमाडौँ, २० भदौ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ का ८ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार अत्यन्तै अनुशासित ढंगबाट भइरहेको बताएका छन ।निर्वाचन आयोगले आज सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा यादवले आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन भएकाले नै सरकारले खुकुलो गर्न भनेको उल्लेख गरे । सरकार, राजनीतिक दललाई आचारसंहितको पालना गराउन सञ्चार जगत्बाट ठूलो सहयोग भइरहेको छ भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन अवधि भनेको १२० दिनको समयसीमा भएकाले आयोगले ठीक समयमै आचारसंहिता घोषणा गरेको स्पष्ट पारे ।निर्वाचनका लागि धेरै जटिलता, चुनौती र कानूनको अभाव भए पनि ती सबै विषयवस्तुलाई व्यवस्थित तुल्याउँदै निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको दृढता व्यक्त गरे ।आयुक्त इला शर्माले निर्वाचन व्यवस्थापन गर्ने सन्दर्भमा परेको समयको चापले गर्दा सञ्चारकर्मीका जिज्ञाशालाई समयमै शान्त तुल्याउन नभ्याइएको विषयलाई अन्यथा रुपमा नलिन सुझाव दिईन ।आयोगका सहसचिव एवम प्रवक्ता नवराज ढकालले स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२०,मंगलवार १५:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१