२१ असार २०७९, मंगलवार

राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो

२०७४,भाद्र,२०,मंगलवार १५:०९

0
Shares

काठमाडौँ, २० भदौ ।राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको आज टुंगो लगाएको छ ।राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश नं २ का आठवटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो ।पार्टीभित्र धेरै क्षमतावान, सक्षम र योग्य व्यक्ति भए पनि सबैलाई स्थानीय तहको प्रमुख उपप्रमुखमा जिम्मेवारी दिन नसकिएको भन्दै राजपाले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता कार्यकर्तालाई जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।साथै राजपाले निर्वाचनमा पार्टीलाई अब्बल बनाउन प्रतिबद्धताका साथ खटिन नेता कार्यकर्तालाई आग्रहसमेत गरेको छ । राजपाले छनोट गरेका महानगरपालिका, उपमहानगरपालिका र मुख्य नगरपालिकाको उम्मेदवारमा क्रमशः पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंहलाई उठाएको छ भने उपप्रमुखमा उम्मेदवार छैन ।जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लालकिशोर साह र उपप्रमुखमा रिता झा र बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा जयप्रकाशप्रसाद शाह र उपप्रमुखमा पिंकी यादव उम्मेद्वार छन ।त्यसैगरी सप्तरीको राजविराज नगरपालिका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सिरहाको लाहान नगरपालिका प्रमुखमा डा महादेव साह र उपप्रमुखमा भारतीय गुप्ता रहेका छन ।महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा रामशेखर मिश्र, उपप्रमुखमा मुन्चुनदेवी महतो, सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुखमा नागेश्वर राय र उपप्रमुखमा शमा आरा र रौतहटको गौर नगरपालिका प्रमुखमा जयकुमार गुप्ता, उपप्रमुखमा किरण ठाकुरलाई उम्मेदवार बनाइएको राजपाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२०,मंगलवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं– नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सकिएको छ । बैठकले पदाधिकारी चयन गर्ने पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । जारी बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य पनि

काठमाडौं । मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६