सुनसरी, १४ मंसिर । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.– ९ नौ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ । नेपाली कांग्रेस महिला संगठनको चुनावी सभास्थलमा बम विस्फोट हुँदा एक बालकसहित चार जना घाइते भएका छन् एक बर्षका बालक यौवन न्यौपाने, सुम्रिन अधिकारी, गिता आचार्य धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुको वीपी कोइराला धरानमा उपचारका लागि लगिएको छ भने २ जनाको स्थानीय एपेक्स अस्पतालमा उपचार भइरहेको छ । उक्त कार्यक्रममा कांग्रेस नेता विजय गच्छादारकी श्रीमति निर्मला गच्छदार प्रमुख अतिथिका रुपमा सहभागि कार्यतालिका रहेको थियो । तर, कार्यक्रमस्थलमै बम पडिकएपछि सहभागिहरु आतंकित बन्दै भागादौड भएका थिए ।सुनसरीमा बम विष्फोट, विष्फोटमा दुई कार्यकर्ता गम्भीर घाइतेसुनसरी, १४ मंसिर । सुनसरीमा नेपाली कांग्रेस सभालाई लक्षित गरि बम विस्फोट भएको छ सुनसरीको इटहरी महानगरपालिका ९ नौ भलादमी टोलमा बम विस्फोट भएको हो । विस्फोटमा परि कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् कांग्रेसको चुनावी सभालाई लक्षित गरि इहटरी –९ भलादमी टोलमा बम विस्फोट गराइएको हो । चुनावी सभास्थलमा कांग्रेस उम्मेदवार विजय कुमार गच्छेदार जाने कार्यक्रम थियो चुनावी प्रसारसकेघरदैलो कार्यक्रम सकेर गच्छेदार सभास्थलमा जाने तयारीमा हुनुहुन्थ्यो । विष्फोट भएपछि कार्यक्रम स्थगित गरिएको छ । विस्फोटमा परि घाइते हुनेहरुमा १ वर्षीय यौवन न्यौपाने, १६ वर्षिया सुम्रिन अधिकारी रहेका छन् भने ५० वर्षीया गीता आचार्य र ५० वर्षीय धनबहादुर श्रेष्ठ घाइते भएको जनाइएको छ । घाइतेहरुको धरानस्थित विपि कोइराला अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया