वीरगञ्ज(पर्सा), १४ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रमेश रिजालले तराई र मधेशवासीका मागहरु पूरा गर्ने हैसियत नेपाली कांग्रेससंग मात्रै भएको बताएका छन बुधबार क्षेत्र नम्बर ४ अन्तर्गतको मिर्जापुर, झलमहिया, भलुवहिया लगायतका ठाउँहरुमा भएको घरदैलो पश्चात बन्जारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन सम्बोधनका क्रममा नेता रिजालले लोकतन्त्रलाई बचाएर,राष्ट्रलाई बलियो बनाएर मधेश र मधेशीको एजेण्डालाई पुरा गराउन सक्ने हैसियत काँग्रेससँग मात्र भएको बताए चुनावी सभामा उनले बाम एकता बामपन्थीहरुकै लागि घातक हुने बताउदै भने,“अब नेपाली जनताले लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरुलाई तह लगाएरै छोड्ने बेला आएको छ, यो चुनावले यसको छिनोफानो गर्छ ।”कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण कुर्मी, रमेश पाण्डेय, बृहपतिकृष्ण श्रेष्ठ, बलिष्टर अहमद, ईमरान आलम, रामाशिष पटेल, सोधा पटेल, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी लगायतका नेता तथा कार्यकर्ताहरु सहित सयौंको संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो यसै बीच नेता रिजालले मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गतको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमँगलापुर, बुडगाँइ, झलमैया लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको बताएका छन क्षेत्री घुम्दै गाँउ गाउँमापर्सा क्षेत्र नम्बर ३ का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार जनार्दन सिँह क्षेत्रीले झौवा, मधवल, अमरपटी, धोरे लगायतका गाउँहरुमा कार्यकर्ता भेटघाट तथा छलफल गरिसकेको बताएका छन कार्यक्रममा गाउँ ईकाई कमिटीका सभापति तथा अन्य स्थानिय नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो रुँगटालाई समर्थन बढ्दैपर्सा क्षेत्र नम्बर १ साथै नेता रुँगटाले पर्सौनीमा समेत घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन उनले सोलखपुरमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाट्न पनि गरेका छन । सो कार्यक्रममा सोलखपुर निवासी पूर्व वडाध्यक्ष तेजनारायण पञ्जियार नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनीसँगै पार्टी प्रवेश गरेका अन्य नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका नेता तथा उम्मेद्वार रुंगटाले अवीर र फूलमाला लगाएर स्वागत गरेका थिए घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुँगटा, प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी, पुर्व सभाषद शम्भु पासवान्, नेविसँघका नेता तथा कार्यकर्ता एवम् अन्य नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो मधेशीलाई झुक्याउने विरुद्ध चौरसियाको रोषनेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले मधेशको नाममा भोट लिई सम्पुर्ण मधेशीलाई बेच्न खोज्नेसंग सावधान रहन आग्रह गरेका छन बामपन्थीसँग हिमचिम बढाएर उनीहरुको सहयोगमा मधेशी जनतालाई झुक्याउन आउनेहरुसंग सावधान रहन अनुरोध गर्दै नेता चौरसियाले यस्ता कदमले मधेश मात्रै नभई सिँगो देशमै तानाशाही व्यवस्था हाबी हुने खतरा निम्त्याउने बताए पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदर माई नगरपालिकाको डोकैला बहुवरी तथा वागेश्वरी तित्रौनामा भएको घरदैलो कार्यक्रम पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको घडीमा कसैको रकमी प्रलोभन वा कुनै प्रकार को दबाब मा नपरी ढुक्क भई नेपाली काँग्रेसलाई मतदान गर्न अग्रह गरे घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका उम्मेद्वार राजेश्वर साह तेली तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया