धनगढी, १४ मंसिर । वाम गठबन्धन कैलाली क्षेत्र नं. २ (क) का उम्मेदवारको निजी जीपमा आगजनी भएको छ कैलाली क्षेत्र नं. २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् वाम गठबन्धनबाट साझा उम्मेदवार दिएका थापाको लम्की चुहा नगरपालिका स्थित आफ्नै घरपछाडि राखिएको बा१६च ६८९९ नं.को जीपमा आगजनी भएको हो आगजनीबाट जीपको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताएका छन् जीपमा आगजनी कसले लगायो भन्नेबारे थाहा हुन सकेको छैन । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको उपरीक्षक घिमिरेले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया