गगन र मतदातासँग बहस बोलाउँदा कता गए राजन ?

काठमाडौं । काठमाडौ क्षेत्र नं. ४ का दुई प्रमुख उम्मेदबार मध्ये एमालेका तर्फबाट उम्मेदबार बनेका राजन भट्टराई मतदाताको प्रश्न र अर्का उम्मेदबार गगन थापासँग सवालजवाफ गर्न बोलाइएको कार्यक्रममा अनुपस्थित भएका छन् विभिन्न सामाजिक संघसंस्थाहरुले स्वतन्त्र रुपमा आयोजना गरेको दुई उम्मेदरबारसँगको अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदबार भट्टराईले कार्यक्रममा आउने बचन दिएपनि अनुपस्थीत भएका हुन् केही दिन अगाडी देखि दुवै उम्मेदबारहरुसँग समय लिएर कार्यक्रम तय गरेको भएपनि अन्तिम समयमा आएर भट्टराईले कार्यक्रममा आउन नसक्ने जानकारी गराएको आयोजकहरुले बताएका छन् कारखाना नामक शैक्षिक अनुसन्धानात्मक संस्था र स्वतन्त्र नागरिक सञ्जालले अन्य विभिन्न संस्थाहरुको सहयोगमा मंगलबार मध्यान्ह १२ बजेदेखि अपराहन्न ४ बजे सम्म काठमाडौको ज्ञानेश्वरमा ‘मतदाता मेला‘ कार्यक्रम आयोजना गरेका थिए आयोजकहरुले केहीदिन देखि नै कार्यक्रमका बारेमा व्यापक प्रचार प्रसार गरी आफ्ना उम्मेदबारलाई प्रश्न सोध्न मतदाताहरुलाई आह्वान गरेका थिए कार्यक्रममा भट्टराई अनुपस्थीत हुनेपछि आयोजकले थापालाई पनि नआउन जानकारी गराएका थिए आफ्नो क्षेत्रमा कस्ता कस्ता उम्मेदवारहरु उठेका छन्, सहि तरिकाले भोट कसरी हाल्ने, आफ्नो मतको कसरी सहि सदुपयोग गर्ने जस्ता जानकारी दिने उद्देश्यले मतदाता मेला आयोजना गरिएको थियो राम्रा उम्मदेवार चिनौ र चुनौ भन्ने मूल नाराका साथ आयोजना गरिएको मतदाता मेलामा राष्ट्रिय स्तरका कलाकारहरुले गीत संगीतको माध्यमबाट निर्वाचन सम्बन्धी जानकारी तथा मनोरंजन पनि प्रदान गर्ने कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?