संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका छन मधेसी गठबन्धनको एउटा घटक फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसले उम्मेद्धारी फिर्ता लिए अझैपनि लोकतान्त्रीक गठबन्धन सम्भव रहेको बताएका हुन धनुषा–३ मा राजपाका नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यको चुनाव लड्दै छन । फोरमका अध्यक्ष यादवले काङ्ग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबंधन बन्न नसकेको दोहोर्याए । तर उसले अझैपनि गठबन्धनका लागि प्रयास गरिरहेको यादवले बताए यादवले भने–‘यदी धनुषा–३ मा काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझैपनि लोकतान्त्रिक गठबंधन सम्भव छ ।’ यही मंसीर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यादव फोराम–राजपा गठबंधनका तर्फबाट सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार हुन ‘धनुषा–३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ हामी कुनैपनी हालतमा सम्झौता गर्न सक्दैनौं यादवले स्पष्ट पार्दै थपे–यदी काङ्ग्रेसले निधीको उम्मेदवारी फिर्ता लिन्छ भने गठबन्धनको सम्भावना सकिएको छैन ।’मधेसी गठबन्धनसँग गठबन्धन गर्ने प्रयास गरिरहेको काँग्रेसले पनि यसलाई सकारात्मक रुपमा लिएको बुझिएको छ । फोरम अध्यक्ष यादवले काङ्ग्रेसले धनुषा–३ बाट फिर्ता हुने प्रस्तावलाई स्वीकार गर्ने संकेत देखाएको बताए । ‘यसका लागि अहिले पनि वार्ता जारी रहेको छ, यादवले भने– अहिले नै केहि भन्न सकिन्न ।’अहिलेको चुनाव सामान्य चुनाव मात्र नरहेको पनि यादवले बताए । मधेसी जनताको हक अधिकारका लागि लड्दै आएका आन्दोलनरत पक्ष र सक्षापक्षवीचको प्रतिस्पर्धाका रुपमा यो चुनाव रहेको उनले बताए । सप्तरी–२ मा आफ्नो कसैसंग कुनै प्रतिस्पर्धा नरहेको उनको भनाई छ मधेसी गठबन्धनले धनुषा क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र महतोको पक्षमा मतदानका लागि आह्वान गर्न यही मंसीर १६ गते जनकपुरमा विशाल चुनावी सभा समेत आयोजना गरेको छ चुनावी सभालाई राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया