एमालेको प्रष्टोक्ति– ‘आचारसंहिताभित्रै रहेर प्रचार–प्रसार’

काठमाडौं, १३ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्रै रही आफूले निर्वाचन प्रचार–प्रसार गरिरहेको जनाएको छ एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसंहिताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सन्चालन गरिएको जानकारी दिए ‘आयोगजस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वकोरुपमा लिनुपर्ने हुन्छ’–विज्ञप्तिमा उल्लेख छ एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनैपनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?