कञ्चनपुर, १३ मंसिर । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्केका हुन् । लेखकले दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरेका थिए । उनले लोकतन्त्रको रक्षा र विकासका लागि आफूलाई जिताउन आग्रह गरे महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहलाई चुनावी एजेण्डा बनाउनु भएका लेखकले पुल निर्माण, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताललगायतका एजेण्डा अघि सार्नुभएको छ । प्रदेशसभा सदस्य उम्मेदवार बेलबहादुर रानासहित लेखकले मतदातासँग भोट मागेका छन् यसअघि लेखकले महाकाली नगरपालिका सबै वडामा घरदैलो गरेका थिए । कञ्चनपुर क्षेत्र नं ३ को जितमा दोधारा चाँदनीको मत निर्णायक हुने भएकाले लेखक यहाँका मत तान्न लागि पुगेका थिए । स्थानीय तह निर्वाचन परिणामअनुसार काँग्रेस चाँदनी र एमाले दोधारामा बलियो छ वाम गठबन्धन बनेपछि महाकालीमा काँग्रेस र गठबन्धन दुवैले जितेका वडा बराबरीमा पुगेका छन् । दोधारा चाँदनीमा २२ हजार मतदाता छन् । दोधारा चाँदनीबाट काँग्रेस र गठबन्धन दुवैका प्रदेशसभामा उम्मेदवार भएकाले विगतजस्तो मत नतिजा नआउने स्थानीयवासी बताए निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया