जनकपुरधाम, १३ मङ्सिर- दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठूलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन्अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको क्षेत्रमा हारेका थिए। त्यसपछि २ वर्षअघिको मधेस आन्दोलनमा सक्रिय भएर उनले मधेसमा एकचोटि आफूलाई उचाइमा पुर्याएका थिए। चुनाव हारे राजपाको अध्यक्षमण्डलबाट अध्यक्ष हुने उनको दाबेदारीलाई कमजोर बनाउने अनुमान जानकारहरु गर्छन्। जित्दा कांग्रेसका हेभिवेटलाई उनकै गृहनगरमा बाहिरिया भएर जित्दा राजपाका साथै राष्ट्रिय राजनीतिमा उनी ‘हेभिवेट’ सावित हुनेछन्केही दिनअघि जनकपुर ३ को मत बुझ्ने प्रयास गरेका पूर्वअर्थसचिव रामेश्वर खनालले यहाँको मत अनिर्णीत पाएका थिए। दुई घन्टा पैदल हिँडेर कुराकानी गर्दा मतदाताले कसलाई भोट हाल्ने निर्णय गरिनसकेको बताएका थिए। हुँदाहुँदा कांग्रेसकै कार्यक्रममा झन्डा बोकेका व्यक्तिले समेत भोट कसलाई हाल्ने निर्णय अघिल्लो दिन (२० गते ) गर्ने बताएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया