काठमाडौँ, १२ मङ्सिर- सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ । बेरुजु रकमको आकार बढ्दै जानुलाई राज्यकोषमा आर्थिक दुरुपयोग बढिरहेको मानिन्छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म १२.९ प्रतिशत मात्र बेरुजु फस्र्योट भएको छ अर्थ मन्त्रालयकै नाममा ३१ अर्ब ७० करोड १४ लाख बेरुजु छ । अर्थले सो रकम खर्चको आधार देखाउन सकेको छैन । उसले अहिलेसम्म २७% मात्र बेरुजु फस्र्योट गरेको छ । शिक्षा मन्त्रालयको नाममा ११ अर्ब ७ करोड ३६ लाख बेरुजु छ, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया