पहिलो चरणका नेता दोस्रो चरणमा कहाँ खटिँदै ?

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएपछि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका नेताहरू फुर्सदिला भएका छन् । विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेदवार बनेकालाई ती दलले दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटाउने तयारी गरेका छन् । तीनवटै दलले उनीहरूकै रोजाइमा जिल्ला–जिल्लामा आ–आफ्ना पार्टीका उम्मेदवारको प्रचारमा पठाउन लागेका हुन् बाबुराम भट्टराई पूर्व–पश्चिम प्रचारमा हिँड्नेगोरखा २ बाट चुनाव लडेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई आइतबार काठमाडौं फर्किएका छन् । काठमाडौं, ललितपुर र भक्तपुुरका चुनावी सभालाई सम्बोधन गरेपछि उनी १४ मंसिरदेखि पूर्वी तराईदेखि पश्चिमको कैलालीसम्म पुग्ने कार्यक्रम छ नारायणकाजी १६ मंसिरदेखि प्रचारमा सक्रिय हुनेचुनावी धपेडीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ज्वरो आएको छ । गोरखा २ बाट उम्मेदवार बनेका उनी १६ मंसिरदेखि महोत्तरी,मोरङ,धनुषा, पाल्पालगायतका जिल्लाका चुनावी सभामा सहमागी हुँदै छन् योगेश आजदेखि चुनावी सभामा सहभागी हुँदैताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराई मंगलबार तेह्रथुमको चुनावी सभालाई सम्बोधन गर्दै छन् । त्यसपछि उनी झापा र मोरङका सभामा सहभागी हुनेछन् । वाम गठबन्धनको प्रचारलाई व्यवस्थित बनाउने उनले बताए केही दिन आराम गरेपछि जिल्ला जाँदै महत र केसीनुवाकोट १ र २ बाट प्रतिनिधिसभा सदस्य चुनाव लडेका कांग्रेस नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी धपेडीपछि आराममा छन् । जिल्लाको अनुरोधअनुसार प्रचारमा खटिने उनीहरूले बताए तराईका जिल्लामा खटिने तयारीमा खतिवडाओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता रामहरि खतिवडा निर्वाचनपछि पनि कार्यकर्तासँग छलफल, कुराकानी र भेटघाटमै छन् । ‘जित–हार एउटा ठाउँमा छ, तर मतदान भएपछि चुनावी प्रचारजसरी नै घर–घरमा गएर जनतालाई भेटेँ,’ उनले भने, ‘अब उदयपुर हुँदै तराईका जिल्लामा कांग्रेसलाई जिताउने अभियानमा जान्छु ।’आङदेम्बे प्रदेश नम्बर १ कै जिल्लामा सक्रियपाँचथरबाट उम्मेदवार बनेका नेता भीष्मराज आङदेम्बे निर्वाचन सकिएलगत्तै सोमबार झापाको चुनावी सभामा सहभागी भए । ‘जिल्लामा चुनाव सकिएलगत्तै प्रधानमन्त्री, रामचन्द्र दाइसहितका नेता सहभागी भएको झापाको सभामा सहभागी भएँ,’ आङदेम्बेले भने, ‘दुई दिन जिल्लामा बस्छु । त्यसपछि इलाम, मोरङ, धनकुटासहितका जिल्लामा हुने चुनावी प्रचारमा सक्रिय बन्छु ।’चिनकाजीको कार्यक्रम छैनगोरखा १ बाट कांग्रेस उम्मेदवार बनेका चिनकाजी श्रेष्ठ मंगलबार काठमाडौं फर्किंदै छन् । ‘चुनावी दौडधुपले थाकिएको पनि छ, अब काठमाडौं फर्किएपछि एक–दुई दिन आराम गर्छु,’ उनले भने, ‘अहिलेसम्म जिल्लाबाट बोलाएका छैनन् । बोलाए भने जिल्ला जान्छु ।’हुम्लामा शाहीहुम्ला प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका जीवनबहादुर शाही सोमबार जिल्ला सदरमुकाम सिमकोट आइपुगे । हिमाली जिल्लामा चुनावी प्रचारका क्रममा भएको दौडधुपले थाकेको भन्दै आफू केही दिन आराम गर्ने सोचमा रहेको उनले बताए । ‘हिमाली जिल्लामा हिउँ पर्ने ठाउँमा समेत चुनावी प्रचारमा जाँदा थाकिएको छ । जिउ भरिनै दुई महिना लाग्ला जस्तो भएको छ,’ शाहीले भने, ‘एकपटक काठमाडौं आएर मतगणनाका लागि पुनः जिल्ला फर्किने तयारीमा छु ।’ पार्टीले खटाए जिल्लातिर जाने उनको भनाइ छ गौचन पार्टीले खटाएको ठाउँमा जाँदैमुस्ताङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका रोमी गौचन मंगलबार पोखरामा हुने पार्टीको प्रचार कार्यक्रममा सहभागी हुँदै छन् । त्यसपछि पार्टीले खटाएको ठाउँमा जाने तयारीमा रहेको उनले बताएराणा सिन्धुपाल्चोकमैसिन्धुपाल्चोक २ बाट कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा सोमबार जिल्लामा बसे । राणाको चुनावी प्रचारमा जाने कार्यक्रम तय भइसकेको छैन । राणाबाहेक राप्रपाका प्रतिनिधिसभामा तीन उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरू सबैलाई कांग्रेसले समर्थन गरेको छ वर्षमान पुन सोमबारदेखि चुनावी सभामा सक्रियरोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वर्षमान पुन मंगलबारदेखि दोस्रो चरणमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । उनी दाङको भालुवाङ हुँदै ललितपुरको गोटिखेलको सभासम्म आउनेछन् । त्यसपछि दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मोरङ र ललितपुरका चुनावी सभामा खटिनेछन् जनार्दन शर्मा दोस्रो चरणको प्रचारमा सक्रियपश्चिम रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार भएका जनार्दन शर्माले आइतबार र सोमबार दाङका चुनावी सभालाई सम्बोधन गरेका छन् । मंगलबार काठमाडौंको बानेश्वरमा हुने चुुनावी सभामा प्रचण्ड, केपी ओलीसँगै उनले पनि सम्बोधन गर्नेछन् शेरधन राई प्रदेश नम्बर १ मा केन्द्रित हुनेभोजपुर प्रदेश सभा ‘ख’का उम्मेदवार शेरधन राई आफ्नो क्षेत्रमा निर्वाचन सकेपछि प्रदेश नम्बर १ मा केन्द्रित हुने भएका छन् । आफूलाई आगामी मुख्य मन्त्रीका रूपमा हेरेकाले दोस्रो चरणको निर्वाचनमा आफ्नै प्रदेशका चुनावी सभामा केन्द्रित हुने राईले बताए । झापा, मोरङ, उदयपुर, तेहथुम, इलाम लगायतका विभिन्न जिल्लामा केन्द्रित हुने उनले बताए । पार्टी केन्द्रको निर्देशन नभएकाले स्थानीय नेता–कार्यकर्ताको आवश्यकताअनुसार चुनावी प्रचारमा लाग्ने राईले बताए शक्तिबहादुर बस्नेत चुनावी सभामा सहभागी हुनेजाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार भएका शक्ति बस्नेत सबै मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिसकेपछि दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटिनेछन् । धेरै ठाउँबाट चुनावी सभाका लागि आग्रह गरेकाले मंगलबार बेलुका कार्यतालिका बनाई चुनावी सभामा सहभागी हुने उनले बताए । बस्नेत प्रदेश नम्बर ५ र ६ पर्ने जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुनेछन् । ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ बस्नेतले भने, ‘आगामी दिनमा निर्वाचन प्रचार–प्रसारमा स्थानीय पार्टी नेता– कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु ।’अग्निप्रसाद सापकोटा चितवनमा खटिनेसिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार भएका अग्नि सापकोटा पनि विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन् । सापकोटा चितवनमा हुने विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन् । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?