८८ वर्षीय वृद्धले सेक्स प्रस्ताव राखेपछि…

वासिंगटन, १२ मङ्सिर- अमेरिकी संसदमा निकै लामो समय सेवा गरेका वरिष्ठ डेमोक्रेटिक सांसद जोन कनयर्सले यौन दुव्र्यवहारको आरोप लागेपछि न्यायिक समितिको सदस्यबाट राजीनामा दिएका छन् आफूले कुनै पनि प्रकारको यौन दुव्र्यवहार नगरको स्पष्ट पार्दै उनले आफूमाथि लागेको आरोपबाट सफाइका लागि राजीनामा दिएको पनि बताएका छन् । मिशिगनबाट प्रतिनिधित्वि गर्ने सांसद कनयर्सकी एक कर्मचारीले आफूले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा जागिरबाट हटाएको आरोप लगाएकी छन् अमेरिकाका मानवअधिकारवादी नेता समेत रहेका कनयर्स अमेरिकी कंग्रेसमा सने १९६५ मा चयन भएका थिए । उनीमाथि अमेरिकी संसदको ‘इथिक्स कमिटि’ ले उनीविरुद्ध यौन दुव्र्यवहार र उमेर विभेदका विषयमा छानविन सुरु गरेको छ । ८८ वर्षीय डेमोक्रेट कनयर्स सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए अमेरिकी सञ्चारमाध्यम, हलिवूड र राजनीतिका प्रभावशाली व्यक्तिविरुद्ध यौन दुव्र्यवहारको अभियोग शृङखलाबद्ध रुपमा आइरहेका बेला बयोवृद्ध सांसद कनयर्समाथि पनि यस्तै आरोप आएको हो, राजधानीमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?