गोरखा, १२ मङ्सिर- गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको खबर अन्नपूर्ण पोस्टमा छ पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन् । उनीहरुले एक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन् । उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन् । उनीहरुले पनि मध्यस्थलाई ५०÷५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया