काठमाडौँ, १२ मङ्सिर – पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका मतपेटिका केही विकट क्षेत्रबाहेक जिल्ला सदरमुकाम ल्याउने क्रम जारी छ । योपटक यसअघिजस्तो मतगणना सुरु भएको छैन । आउँदो मङ्सिर २१ गते हुने दोस्रो चरणको मतदानपछि एकैपटक मतगणना सुरु हुनेछ,गोरखापत्रमा खबर छ स्थानीय तह निर्वाचनमा सबै चरणमा मतदान सकिएलगत्तै मतगणना भए पनि अहिले एकैपटक मतगणना गर्ने निर्णय यसअघि नै भइसकेको छ । मतगणना एकैपटक हुने भएपछि मतपेटिकाको सुरक्षा कसरी हुन्छ भन्ने चासो सबैमा छ । अबको १० दिनसम्म मतपेटिका सुरक्षा घेराभित्र राखिने निर्वाचन आयोगले जनाएको छ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले सुरक्षा घेराभित्र मतपेटिका राखिने बताए । कोठाभित्र मतपेटिका बन्द अवस्थामा राखी बाहिरबाट समेत सिल गरिने बताउँदै उनले भने , “मतपेटिका कोठाभित्र बन्द गरी सिल गरिन्छ । जनपद प्रहरीको सुरक्षामा हुनेछ । आवश्यकताअनुसार बाहिरी घेरामा सशस्त्र प्रहरी र सेनाको समेत सुरक्षा हुनेछ । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया