इनरुवा, ११ मंसिर – सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए हात्तीको आक्रमणबाट स्थानीयवासी ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया