गायक हिमाल सागरको ‘माया त दुई तर्फिनै’ सार्वजनिक

काठमाडौं, ११ मंसिर । गायक हिमाल सागरले आफ्नो नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् विगत लामो समय देखि नेपाली सांगितिक क्षेत्रका आफूलाई स्थापित गर्न सफल पप तथा आधुनिक गायक हिमाल सागरले अर्को नयाँ म्यूजिक भिडियो ‘माया त दुई तर्फिनै’ सार्वजनिक गरेका हुन् धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको उक्त गीतमा हिमालकै शब्द संगीत रहेको छ भने गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् झण्डैं २ सय भन्दा बढी गीतमा आवाज दिइसकेका सागरले आफुले गाउने प्राय गीतहरु आफैँ कम्पोज गर्ने गरेका छन् यो म्यूजिक भिडियोमा गायक हिमाल सागरले नै अभिनय गरेका छन् भने उनलाई अन्जु चौलागाईले साथ दिएकी छिन् https://youtu.be/hQS7egXWr28 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?