काठमाडौं, ११ मङ्सिर -आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचनपछि मात्रै हुने भएपछि यसको सुरक्षामा चुनौती र चिन्ता देखिएको छ । दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मत गणना गरिने भएकाले १२ दिनसम्म पहिलो चरणको मतपेटिका विश्वसनीय ढंगबाट सुरक्षित राख्नेबारे आयोगले अझैसम्म विस्तृत सुरक्षा योजना तय गर्न सकेको छैन तर, मतपेटिका सुरक्षाका लागि सिल र ताला भने बलियो बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरूको रोहवरमा राखिने मतपेटिकामा दलले चाहे २४सै घण्टा आलोपालो गरी पहरा दिन सक्नेछन् । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनमार्फत मतदाताको मताधिकारको सदुपयोग भइसकेकाले अब मतगणना नहुन्जेलसम्म मतपेटिकाको सुरक्षा गर्ने दायित्व आयोगको भएको बताए, राजधानी दैनिकमा खबर छ निर्वाचन सम्पन्न भएलगत्तै बाट मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकाम लैजाने क्रम सुरु भएको र मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूकै प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने प्रवक्ता ढकालले जानकारी दिए । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एक किसिमका मतपेटिका र समानुपातिक प्रणालीका लागि अर्को किसिमको मतपेटिका प्रयोग भएकाले सुरक्षाका लागि समेत त्यसैअनुसारको रणनीति अपनाइएको बताए प्रत्यक्ष र समानुपातिक बेग्लाबेग्लै कोठामा मतपेटिकालाई सकेसम्म प्रदेशसभा, प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको र समानुपातिकतर्फको अलगअलग कोठामा राख्ने व्यवस्था गरिएको छ । यसरी मतपेटिकाको व्यवस्थापन गर्दा सकेसम्म ओस नपर्ने, मुसाले नखाने र एक ढोका भएका तथा भित्री भवनहरू प्रयोग भएको आयोगले जनाएको छ । सानो मतपेटिकामा मतदान हुनुअघि ६ वटा सिल र मतदान भइसकेपछि प्वालमा १ वटा गरी ७ वटा सिल लगाइएको तथा ठूलो मतपेटिकामा मतदान हुनुअघि ४ वटा र सम्पन्न भएपछि मतदान भएको प्वालमा २ वटा गरी ६ वटा सिल लगाइएको समेत अर्यालले जानकारी दिए यसरी जिल्ला सदरमुकाम पु¥याइएका मतपेटिकालाई एउटा कोठामा दलका प्रतिनिधिसहितको रोहवरमा एकदेखि तीन वटासम्म ताल्चा लगाई लाहा छाप लगाएर राखिनेछ । यसरी लाहा छाप लगाउँदाको मुचुल्कामा सबै सम्भव भएसम्मका दलका प्रतिनिधिसमेत राखेर सहीछाप गरिनेछ । ताल्चा बन्द गरेपछि सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले बन्द गरिएका ताल्चाको चाबी राख्ने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया