प्रधानमन्त्री देउवाको २१ मंसिरसम्मको चुनावी तालिका

काठमाडौँ, ११ मङ्सिर- कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । नयाँ पत्रिकामा खबर छ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो चरणको निर्वाचनसम्मै देश दौडाहाको व्यस्त तालिका छ । सोमबार तेह्रथुम, सुनसरी, झापामा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यसतर्फ जानेछन् । १२ मंसिरमा कपिलवस्तु र दाङ, १३ मंसिरमा स्याङ्जा बजार, कास्कीको अमरसिंह चोक, नवलपरासीको चुनावी सभालाई सम्बोधन गरेपछि सोही दिन काठमाडौंको महाराजगन्जमा हुने सभालाई सम्बोधन गर्न उनी आउने कार्यक्रम छ । १४ मंसिरमा सर्लाही, सिरहा, महोत्तरीमा कार्यक्रम सकाएपछि कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । त्यसपछि डोटी र अछामको कार्यक्रममा व्यस्त हुने देउवा १७ देखि २१ मंसिरसम्म गृहजिल्ला डडेल्धुरामै व्यस्त हुनेछन् । डडेल्धुरामा भोट हालेपछि प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?