काठमाडौं, ११ मङ्सिर- पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छपूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धा भएकाले यो क्षेत्रलाई महत्वका साथ हेरिएको होपहिलो चरणमा ३२ जिल्लामा भएको मतदानमा परेको गोरखामा आइतबार मतदान भइराखेको छ। चर्चित पात्र बाबुरामले अन्नपूर्ण मावि खोप्लाङ मतदान केन्द्रमा साँढे नौ बजे मतदान गरेउता उनका प्रतिस्पर्धी माओवादीका वरिष्ठ नेता एवं वाम गठबन्धनबाट गोर्खा क्षेत्र २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ गोर्खाको सिरानचौक गाउँपालिका ८ परोपकार आदर्श मावि मतदान केन्द्रमा मतदान गरेका छन्रमाइलो त के देखिन्छ भने दुवै प्रतिस्पर्धीले रातो ज्याकेट लगाएका छन्। बाबुराम प्रफुल्ल अनुहारका साथ मतदान गरिराखेका छन् भने श्रेष्ठ अलिकति नर्भस देखिन्छश्रेष्ठले मतदान गर्दै गर्दा माला र ढाका टोपी लगाएका छन्। बाबुराम र नारायणकाजीको यो प्रतिस्पर्धालाई चौतर्फी चर्चाको विषय बनाइएको छमतदान गर्दै भट्टराईले मतान्तर निश्चित नभएपनि जित निश्चत भएको दावी गरे । जितपछि यसअघि प्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा थालेको विकासको अभियानलाई अघि बढाउने जनाए । अघिल्लो कार्यकालमा संविधान बनाउने कार्यभार पूरा गरेको भन्दै उनले विकास र संवृद्धिको गतिलाई तिब्रता दिने जनाए सोही क्षेत्रका अर्का उम्मेद्वार पूर्व सहयोद्धा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ परोपकार आदर्श मावि मतदानकेन्द्रमा बिहान साँढे सात बजे मतदान गरेका छन् । मतदान गर्दै उनले जित सुनिश्चत रहेको दाबी गरे । पार्टीको संगठन, बामगठबन्धनको सहयोग र आफ्नो निष्ठाको राजनीतिका कारण जनताले जिताउने उनको दाबी छ उता नेता श्रेष्ठले समेत आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया