बझाङ, ११ मङ्सिर- एक व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् ‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ जयपृथ्वी नगरपालिका–१ की पानसरा सिंहले भनिन, ‘तपाईं बिगार्नु हुन्छ । बिग्रियो भने वर्बाद हुन्छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’आजसम्म कहिले पनि मत नहालेको बताउने ५५ वर्षीया उनको यसपाला आफ्ना मत छिमेकी भतिजाले हालिदिएको बताइन्, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया