१८ आश्विन २०७९, मंगलवार

अहिलेसम्म कति मत खस्यो ?

२०७४,मङ्सिर,१०,आईतवार ०५:५१

0
Shares

काठमाडौँ, १० मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जनाएका छन् निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१०,आईतवार ०५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४