नयाँशक्ति पार्टीको प्रसार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा

गोरखा, १० मंसिर । गोरखामा एक लाख नगर र चुनावी प्रचारप्रसार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्तासहित पक्राउ गरेका छन् गोरखाको जौबारीमा चुनावी प्रचार सामाग्री र एक लाख नगदसहित नयाँशक्ति पार्टीका ५ जना कार्यकर्ता पक्राउ परेको हो । अहिले उनीहरुलाई जौबारी प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जनाएको छ नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । साथै गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८का खुशबहादुर थापासमेत पक्राउ परेका जौबारी प्रहरीले जनाएको छ चुनावी गाडीभित्र रहेको कालो रङको ब्यागमा रु १ लाख नगद भेटिएको थियो । राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर–२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका–८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएको जौबरी प्रहरी कार्यालर्यले बताए राति १ बजे अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीपमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?