मतदातालाई मतदान केन्द्रमा जान रोक्दै लोकतान्त्रि गठबन्धनद्वारा ढुंगामुढा

धादिङ, १० मंसिर । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुले अवरोधका कारण रोकिएको मतदान सुचारु भएको छ धादिङको खनियाबास गाउँपालिका वडा नं. २ मा लोकतान्त्रिक गठबन्धका कार्यकर्ताहरुका कारण अवरोध भएको मतदान सुरु भएको छ अहिले स्थिति नियन्त्रणमा लिइएको बताउँदै बिहान १० बजेदेखि मतदान सुरु भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिए भण्डारीले दिएका जानकारी अनुसार, लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका मतदातालाई मतदान केन्द्रमा जान अवरोध गरेपछि मतदान समयमा सुरु हुन सकेको थिए । वाम गठबन्धनमा समर्थकका मतदातालाई मतदान स्थलमा जान रोक्दै ढुंगामुढा भएको उनले बताए ढुंगामुढा भएका कारण अहिलेसम्म कोहि घाइते भएको जानकारी प्राप्त नभएको भण्डारी ले बताए अहिले मतदान केन्द्रमा थप सुरक्षा बल पठाइएको जानकारी प्रजिअ भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?