निवर्तमान सभामुख ओनसरी घर्तीद्वारा मतदान

रोल्पा, १० मंसिर । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेका छन् सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गरे । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिए । रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित भएका थिए । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?