बझाङको भोपुर मतदान केन्द्र नजिक बम फेला

बझाङ, १० मंसिर । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ आज बिहान जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र स्थल वा नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी क्रृषिराम कडेलले बताए बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ बम फेला परेपछि मतदान गर्न आउने स्थानीय मतदातामा त्रास फौलीएको छ । बम नेकपा माओवादी विप्लब समुहले राखेको हुनसक्ने शंका गरिएको छ यसैबीच, त्रासबीच जिल्लामा आज बिहानबाट मतदान शुरु भएको छ जिल्लाको बुङगल नगरपालिकाको कफलसेरीमा पनि बम फेला परेको जानकारी प्राप्त भएको छ नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?