आचारसंहिता विपरीतका झण्डा, तुल र ब्यानर हटाइयो

मोरङ, १० मंसिर । आचारसंहिता विपरीत मोरङका विभिन्न सार्वजनिक ठाउँमा राखिएका राजनीतिक दलका झण्डा र तुल–ब्यानर सरोकारवालाको टोलीले हटाएको छ क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङका विभिन्न क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको झण्डा, तुल–ब्यानर शनिबार साँझसम्म गरिएको अनुगमनमा विराटनगर–रंगेली सडकखण्डमा पर्ने विभिन्न गाउँपालिका र रंगेली नगरपालिकामा राखिएका तुल–ब्यानर हटाएको हो मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेल, मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडासहित सुरक्षा निकायका प्रमुखको टोलीले आचारसंहिता विपरीतका तुल–ब्यानर हटाएको सञ्जेलले जानकारी दिए । आचारसंहिताको अनुगमनमा निस्किएकाले टोलीले निर्वाचन कार्यालयको पासबिना सवारीसाधनमा पार्टीको झण्डा र ब्यानर राखेर कुदाएको गाडीसमेत फेला पारेको थियो यस्तै मोटरसाइकल चालकले समेत पार्टीको झण्डा बाँधेर हिँडिरहेको भेटिएको थियो । दलका नेता तथा कार्यकर्ताले सार्वजनिक ठाउँमा पार्टीको तुल–ब्यानर राख्नाका साथै सर्वसाधारणका निजी घर, पसल र सवारीसाधनमा समेत जबर्जस्ती झण्डा राखेको फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?