मत हाल्ने सपना यसपालि पनि अधुरै!

हुम्ला, १० मङ्सिर-हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ । सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्मतदानस्थल टाढा भएका कारण उनीहरूको भोट हाल्ने रहर अधुरै रहने भएको हो । हालको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ को थापागाउँ बस्तीसँग वडा जोडिएपछि दूरदराजको बस्ती मासपुरका जनताको मत हाल्ने रहरमा तुषारापात भएको शनिबार बेलुका ५ बजे मतदानस्थल आइपुगेका कल्या बुढाले दुःखेसो गरे, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?