बीसबर्से सवारी प्रयोग चैतदेखि देशभर प्रतिबन्ध

काठमाडौँ, १० मङ्सिर-सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लष्त संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो। अन्नपूर्णमा खबर छ उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ। काठमाडौं उपत्यकाभित्र बीसबर्से सार्वजनिक सवारी प्रगोगमा छैन। विभागले उपत्यकामा बीसबर्से सार्वजनिक सावरी प्रयोगमा प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?