१३ आश्विन २०७९, बिहीवार

अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्

२०७४,मङ्सिर,१०,आईतवार ०२:३६

0
Shares

काठमाडौँ, १० मङ्सिर- देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सकिन लाग्दा पनि प्रमुख र साना दलका शीर्ष नेता पार्टीगत प्रचारभन्दा आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबाहेक अन्य केन्द्रीय नेता पार्टीका चुनावीसभामा देखिएका छैनन्। अन्नपूर्णमा लेखेका छन्कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली शनिबार पनि विभिन्न जिल्लाका चुनावीसभामा सहभागी भएका थिए। राजपा र संघीय समाजवादी फोरम नेपालले संयुक्त मधेसी गठबन्धन बनाएर निर्वाचनमा उत्रिए पनि ती दलका शीर्ष नेता आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्। मधेसी गठबन्धनले शनिबार पहिलोपल्ट राजविराजमा संयुक्त चुनावीसभा गरेको छ। तर, त्यहाँ पनि तीन अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो मात्रै सहभागी भएका छन्कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाँण शीर्ष नेता आफैं प्रत्यक्षतर्फ उम्मेदवार भएकाले प्रचारप्रसारमा त्यति नदेखिएको स्विकार्छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,१०,आईतवार ०२:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१