रवीन्द्रसँग सोध्यो आयोगले २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ९ मङ्सिर- निर्वाचन आयोगले नेकपा (एमाले)का कास्की निर्वाचन क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीसँग निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेको छ मंसिर १० गते हुन गइरहेको प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा निर्वाचन चिह्न राखी प्रचारप्रसार गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको जनाउँदै आयोगले अधिकारीसँग स्पष्टीकरण सोधेको हो प्रथम चरणको निर्वाचनको मौन अवधि मंसिर ७ गते राति १२ बजेदेखि शुरु भइसकेको अवस्थामा उम्मेदवार अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा आफ्नो र आफू सम्बद्ध पार्टीको निर्वाचन चिह्न राखी प्रचारप्रसार गरेको सूचना प्राप्त भएको आयोगले जनाएको छ उनलाई सोधिएको स्पष्टीकरणमा निर्वाचन आचारसंंहिता उल्लंघन गरेबापत कारबाही हुनुपर्ने हो, होइन पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश भनिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?