मकवानपुरमा बम विस्फोट

हेटौंँडा, ९ मंसिर – मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेस क्याम्प लच्काका प्रहरी घटनास्थल पुगेका थिए । समय मिलाई सानो आकारको सुतली बम बनाएर प्रतिक्षालयमा राखिएको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरिका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए आज अपराह्न वामगठबन्धनको कार्यक्रम मनहरिमा थियो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि त्यहीँ केन्द्रित भई कार्यक्रम गरिरहेका थिए । निर्वाचन बहिष्कार गर्दै आइरहेको नेकपाले उम्मेदवारलाई लक्ष्य गरी विस्फोट गराएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?