नुवाकोटमा ‘हाइ प्रोफाइल’ उम्मेदवार , आयोगको यस्तो निर्देशन

नुवाकोट, ९ मंसिर -निर्वाचन आयुक्त इला शर्माले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गराउन निर्देशन दिएकी छन् सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गरिन् जिल्लाको चुनावी तयारी र सुरक्षाको अवस्था जानकारी लिउपछि आफू निर्वाचन शान्तिपूर्ण हुन्छ भन्नेमा ढुक्क भएको बताउँदै आयुक्त शर्माले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाएर उदाहरणीय काम गर्न सबैसँग आग्रह गरिन् । उनले निर्वाचन सम्पन्न गराउन सञ्चारकर्मीले पनि आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताइन् आयुक्त शर्माले मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत भइरहेको चुनावी प्रचारप्रसारप्रति आयोगको ध्यान गएको र सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली पनि सक्रिय भएको बताइन् कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले निर्वाचनमा आचारसंहिता उल्लंघनका १२ उजुरी परेकामा छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै मतदानका दिन दुई निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा चार अनुगमन टोलीसमेत परिचालन गरिने जानकारी दिए कार्यक्रममा निर्वाचन आयोगको अनुगमन टोलीका संयोजक सहसचिव रामचन्द्र ढकाल, प्रहरी उपरीक्षक वसन्त कुँवर र जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जिल्लाको निर्वाचनको तयारीबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?