राष्ट्रपतिबाट नेता निधिको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ, ९ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गरेकी छन् राष्ट्रपति भण्डारीले आज आफ्ना राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेल र सञ्चारविज्ञ माधव शर्मालाई अस्पताल पठाई उनको अवस्था लिएकी हुन् । निमोनिया रोगको उपचार गराइरहेका नेता निधिले राष्ट्रपतिबाट व्यक्त चासो र स्वास्थ्यलाभको कामनाप्रति आभार प्रकट गर्नुभएको सञ्चारविज्ञ शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?