ताप्लेजुङको मतदान केन्द्रमै बम विस्फोट, अवस्था तानावग्रस्त

ताप्लेजुङ, ९ मंसिर । ताप्लेजुङको मतदान केन्द्रमा बम विस्फोट भएको छ ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको भानु जन उच्च मावि मतदान केन्द्रमा बम विस्फोट भएको छ भोली आर्थत मंसिर १० गते आइतबार हुने निर्वाचनका लागि मतदान गर्न आउने मतदाताका लागि तयारी तयारी गरिरहेको बेला मदतान केन्द्मा बम विस्फोट भएको हो विस्फोट भए पछि मतदान केन्द्रमा रहेका कर्मचारी बाहिर निस्किएका छन् । उच्च सुरक्षा घेरमै रहेको मतदान केन्द्रमा नै बम विस्फोट हुँदा मतदाताबीच पनि त्रास फैलीएको छ अहिले विस्फोट लगत्तै त्यहाँको अवस्था तनावग्रस्त रहेको जनाइएको छ । मतदान केन्द्रलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ जमिन मुनि गाडिएर राखेको अवस्थामा प्रेसर कुकर बम विस्फोट भएको त्यहाँ उपस्थित प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार, विस्फोटबाट कुनै पनि मानविय र भौतिक क्षति नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?