नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइनेः अध्यक्ष ओली

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताएका छन् नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताए उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभएर सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताउँदै सो गठबन्धनसँग देश विकासका लागि विभिन्न स्वरुपअनुसार कार्यक्रम रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?